बेहडाबाबा माविमा विविध कार्यक्रमका साथ तीज पर्व मनाइयो

धनगढी टुडे समाचार डेस्क

धनगढी, २० भदौ । बेहडाबाबा माध्यमिक विद्यालयले आज (बिहिवार) विद्यालयमा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । तीन चरणमा सञ्चालन भएकाे कार्यक्रममा पहिलाे चरणमा विद्यालयकाे लालपुर्जा विद्यालयलाई हस्तान्तरण गरिएको थियो । विव्यस अध्यक्ष हरिनारायण रानाथारूकाे अध्यक्षता र वडाध्यक्ष रामलाल चाैधरीकाे प्रमुख आतिथ्यतामा समाजसेवी तथा संस्थापक परिवारबाट ओमप्रकाश भण्डारी र प्रभाकार भण्डारी, पुर्व वडाध्यक्ष लक्ष्मीनारायण चाैधरी, पुर्व विव्यस अध्यक्ष मीन बहादुर चन्द, राम सिह राना, डिल बहादुर बाेहरा तथा नि. वर्तमान विव्यस अध्यक्ष निर्मलकुमार ओझा, विव्यस सदस्यहरू, शि.अ.संघ अध्यक्ष मनिराम जैसी तथा शिअसंघ सदस्यहरू , अभिभावक, शिक्षक, विद्यार्थीहरुका बिच लालपुर्जा विद्यालयलाई हस्तान्तरण गरिएकाे थियो ।

बि.स. २०३५ सालमा बेहडाबाबा मा विका नाममा दर्ता भएको १५ विगाहा १२ कट्टा जमिन २०५२ सालकाे नापीले हालसाविक गर्दा पर्ति, जंगल, खाेल्सी लेखेर बैधानिकता गुमेकाे जमिन २०७२ सालमा तत्कालीन विव्यस अध्यक्ष डिलबहादुर बाेहराले दर्ता गर्ने प्रकृया थाले पनि सफलता हात नलागे पछि २०७५ साल फागुनमा प्रअ. भाेजराज शर्माले प्रशासनिक नेतृत्व लिएपछिकाे पहिलाे बैठकले दर्ताकाे प्रकृया अघि बढाउने निर्णय गरेसंगै पुन जग्गाकाे बैधानिकता प्राप्त गर्ने कार्य प्रारम्भ भयाे । २०७६ साल असार सम्म कुनै उपलब्धि नभएपछि सम्मानित कैलाली जिल्ला अदालतमा हक कायमकाे मुद्दा दायर गर्न विव्यस अध्यक्ष निर्मल कुमार ओझालाई प्रतिनिधि बनाई अधिबक्ता भाेजराज भण्डारी मार्फत २०७६/५/१ गते मुद्दा दर्ता गरिएको थियो । विद्यालय नेतृत्वको लगातारकाे मेहेनतपछि २०८०-४-१५ गते करिव ५ बर्षमा ५९ तारेख लगाउँदै विद्यालयकाे पक्षमा फैसला भयाे र नापी/मालपोतलाई पुर्जा दिन आदेश गर्याे । यस कार्यमा अनवरत रूपमा खटिएर विद्यालयलाई लालपुर्जा दिलाउन सफल भएकाेमा निर्मल कुमार ओझा, डिल बहादुर बाेहरा, तिलक राज जैशीलाई विद्यालय परिवारले धन्यवाद प्रकट गरेको छ ।

लालपुर्जा हस्तान्तरण लगत्तै कक्षा १० र १२ का बाेर्ड परीक्षामा सहभागी भई उत्कृष्ट नतिजा ल्याउने १/१ जना छात्र र छात्रा लाई जनही रू १५००/- पुरस्कार सहित सम्मान गरिएको थियो । कक्षा १० बाट छात्र लखन चाैधरी र छात्रा पशुपति साउद, कक्षा १२ बाट छात्र कमल कंडेल र छात्रा प्रतीक्षा बाेहरालाई टिका, खादा सहित प्रअ भाेजराज शर्मा र विव्यस अध्यक्ष हरिनारायण रानाथारूले विद्यार्थीकाे सम्मान गरेका थिए ।

त्यस पछि तीज बिशेष नृत्य प्रतियोगिता सञ्चालन भयाे । २० वटा समुहमा विद्यार्थीहरूले आफ्ना प्रस्तुति देखाएका थिए । प्रतिस्पर्धामा विजेता भएका समुहलाई विशेष पुरस्कार दिने विद्यालयले घाेषणा गरेकाे छ । अभिभावक र विद्यार्थीले देउडा खेल सहित खेलेर मनाेरञ्जन गरेका थिए । बिहान ११ बजे शुरू भएकाे कार्यक्रम बेलुकी ४:३० सम्म चलेकाे थियाे । अन्त्यमा भाेली २१ गते तिज र २३ गते अट्वारी पर्वकाे विदा हुने भएकाले पठनपाठन स्थगित हुने सुचना सहित कार्यक्रम समापन भएकाे थियाे ।

प्रतिक्रिया

FaceBook Comment Plugins