गिनिज पब्लिकेशन प्रालिले गर्यो सामाजिक विषय अध्ययन कार्यशाला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

Avatar
धनगढी टुडे समाचार डेस्क

धनगढी, ३१ असार । गिनिज पब्लिकेशन प्रालिले सामाजिक विषय अध्ययन कार्यशाला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । गिनिज पब्लिकेशन प्रालि काठमाण्डौंको आयोजना र दहाल पुस्तक पसलको सहकार्यमा आज (मंगलबार) धनगढीको द गार्डेन होमस्टे एन्ड रेस्टुरेन्टमा कार्यक्रम सम्म्पन गरेको हो ।

कार्यक्रममा कैलाली र कञ्चनपुरका संस्थागत विद्यालयका सामाजिक अध्ययन विषय अध्यापनरत १३० जना शिक्षकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा पाठ्यपुस्तक लेखक तथा प्रशिक्षक दिनेश अर्यालले सामाजिक विषय अध्यापन गराउँदा ध्यान दिनुपर्ने कुराहरुको बारेमा प्रशिक्षण गर्नुभएको थियो । साथै उहाँले सामाजिक विषय पढाउँदा कसरी रुचिकर बनाएर पढाउने, सामाजिक विषयमा उत्कृष्ट नतिजा कसरी ल्याउन सकिन्छ भन्ने बारेमा समेत प्रशिक्षण गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी मध्ये एक फूलबारी एकेडेमीका शिक्षक सृजना उपाध्यायले आफूलाई धेरै कुरा सिक्ने अवसर मिलेको र सिकेको ज्ञान कक्षाकोठा प्रयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा गिनिज पब्लिकेशन प्रालि काठमाण्डौंका प्रबन्ध निर्देशक विष्णु पौडेल, दहाल पुस्तक पसल धनगढीका प्रबन्ध निर्देशक मेखराज दहाल, कैलाली र कञ्चनपुर प्याब्सन, एनप्याब्सनका पदाधिकारी तथा सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

FaceBook Comment Plugins

Leave a Reply

Your email address will not be published. Required fields are marked *