धनगगढीमा लागुऔषधसहित एकजना पक्राउ

Avatar
धनगढी टुडे समाचार डेस्क

कैलालीको धनगढीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट चार सय मिलिग्राम लागुऔषधसहित कञ्चनपुरका २३ वर्षीय सन्दिप खड्का पक्राउ परेका छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका–८ का खड्का बिहिवार दिउँसो धनगढीबाट लागुऔषधसहित पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय, कैलाली र वडा प्रहरी धनगढीको संयुक्त टोलीले पक्राउ गरेको हो।

प्रतिक्रिया

FaceBook Comment Plugins