निर्भीक नेता : कर्ण थापा

Avatar
धनगढी टुडे समाचार डेस्क

योगेन्द्र पौडेल
धनगढी २४, असार । नेकपा  एमालेमा केही वर्ष अगाडिबाट नै पूर्व रास्ट्रपति विद्यादेवी भन्डारीको पुनरागमन हुने हल्ला बजारब्यापी आयो । कसैले त्यस्लाई  विद्याले मिडिया ट्रायल गरेको अनि पर्ख र हेरिबस भनेको बुझे भने, धेरैले  विद्याले केपि ओलिलाई नै चुनौती हुने गरि अझ भनु उनको चहाना विपरित किमार्थ नआउने लख नै काटे ।

२०८२/०३/१४ गते मदन स्मृती सभामा जब विद्याले आफू पुन: एमालेमा जोडिएको घोषणा गरिन्, त्यो पनि केपि ओलि उपस्थित कार्यक्रममा अनि सबै छर्लङ्गै भयो, यद्यपि सबै केपि ओलिको सल्लाहमा यो सब भैराछ भन्ने झिनो जमात अहिले पनि छ ।

अब चर्चा गरौं नेकपा एमाले स्थायी समिती सदस्य कर्ण थापाको, जब भिम रावल, माधव नेपाल एकातिर अनि केपि ओलि अर्को खेमाको सुरुवात भएको थियो । त्यो बेला सुदुरपश्चिममा भिम रावलको पुरै पकड थियो । उनको बिरुद्दमा कोहि फरक मत राख्न सक्ने कोहि थियो भने त्यो बेला कर्ण थापा नै थिए । यद्यपि द्वन्द नबढाई  पूर्ण चातुर्यताका साथ ओलि जित्ने महाधिवेशनमा कर्ण थापाले सुदुरपश्चिमबाट अपेक्षा गरे भन्दा बढी प्रतिनिधि लगेको भन्ने चर्चा व्यापक नै रहेको थियो ।

विद्यार्थी राजनितीबाट उदाएका कर्ण थापाले एकपटक मिडियामा एक कुरा बोले । उमेरको हद ७० वर्ष राख्ने जुन विधान महाधिवेशनको म्यान्डेट छ त्यो कायमै छ र त्यस्मा एमाले पंति दृढ छ भन्ने आसयको त्यो मन्तव्यले पूर्ण रुपमा चर्चा बटुल्यो । अफ सिजनमा यस्तो धारणा आउँदा पदाधिकारी बैठकमा केपि ओलिले “के बोल्या कर्णले?” भन्दै कारबाहीको विषय बनाउनुपर्ने धारणा राखेको मिडियामा छरपस्ट हुँदा, त्यस्को समर्थनमा कुनै एकजनाको धारणा सार्वजनिक भएको थिएन अथवा भनु कोहि चुईक्क बोल्न सकेको थिएन । हामी सबैलाई लाग्यो अब कर्ण थापा झुक्दै कारवाही नगरिदिनु हुन भन्ने उजुरी हाल्ने छन् र चुपै बस्ने छन् भन्ने । तर आम चासोभन्दा बाहिरको कुरा ठीक एक वर्ष पछाडि त्यही विषयमा पुन: कर्ण थापाको गर्जन थप आक्रमक भएको छ ।

विद्याको चाईना भ्रमण अघि केपि ओलिले कर्ण थापालाई भेटी आसय बुझ्न खोजेको कुरा बाहिर आए पनि जहाँसम्म ओलि बुझ्नेको आम बुझाई छ, उनले पक्कै धम्की दिए तर गलेनन् कर्ण थापा ।

चीनको भ्रमण सकेर आईसकेपछि कर्ण थापाको एक गर्जन ओलि खेमालाई हल्लाउन काफी थियो । उमेरको हद ७० वर्ष हुने र अबको नेतृत्व विद्या नै सर्व स्विकार्य हुनेछ भनेर जुन अभिव्यक्ति दिए त्यस्ले धेरै नै तरङ्ग ल्यायो । उनको अन्तर्वार्तामा मुल तीन कुरा थिए ।

१) केपि ओलिले अब विश्राम लिँदा राम्रो हुन्छ, उहाँ पछिको सर्व स्विकार्यता विद्या नै हुन् ।
२) अहिलेको सरकार अपेक्षा अनुरुप चल्न सकेको छैन ।
३) शंकर पोख्रेल र विद्या उमेरमा एकै समुहका हुन्  ।

माथिको पहिलो बुँदालाई सामान्य रुपमा लिईयो, दोस्रो बुँदामा उनले गरेको सरकारको आलोचना अनि तेस्रो बुँदामा विद्या एमाले भित्र भनिने युवा पिडिको सबैभन्दा उपयुक्त प्रतिनिधित्व गर्ने पात्र हुन् भन्ने कुराले केपि ओलि अनि उनको खेमालाई भयानक निद हराम गर्यो ।

अचम्म त के भयो भने, प्रोफेसर डा. विष्णु दाहाल जस्ता नन पोलिटिसियन बाहेक विद्याको पुनरागमनमा सतिसाल भएर उभिने एमालेको केन्द्रीय सदस्य सम्मका कसैले पनि आँट नगरेको बेलामा आफ्नो राजनैतिक भविष्यको परवाह नगरी बोल्ने आँट कर्ण थापाले नै गरे । यद्दपी गोकुल बाँस्कोटालाई पनि विद्या खेमा भनेर मिडियाले ट्याग लगाए पनि  खुलस्त बोलेको सुन्न भने पाइएको छैन ।

थापा गत जेठ महिनामा सुदुरपश्चिम गएको बेला कान्तिपुर एफएममा दिएको अन्तर्वार्ता पश्च्यात बाँकी एमालेजनमा अब बोल्न ढिला भयो भन्ने लाग्यो होला । त्यो अन्तर्वार्ताको सार थियो ।

“हिजो एमाले संकटमा हुँदा एमाले जोगाएकाहरुको स्थिति के छ?”

त्यो एक वाक्यले हिजो एमालेमा उत्साहित भएर संकटको समयमा पार्टी जोगाएका कार्यकर्ता, एमाले भएकै कारण द्वन्दमा ज्यान गुमाएकाका परिवार, सक्रीय रहँदा रहँदै पनि नेतृत्वको चाकरी नगर्दा किनाराकृत गरिएको एक वर्ग अझ भनु पेलानमा परि बाध्य भयर अन्य पार्टीमा गएकाहरु समेत भयानक उत्साहित भए  । एकातिर एमालेमा सक्रीय राजनिती गर्न मन हुने तर अर्कोतिर निषेधको परिपाटीले आजित भै चुपै बसेको ठूलो जमातको सेन्टिमेन्ट थापासङ्ग सहमत भए   ।

कसैले सुन्न नचाहे पनि थापाको अन्तरवार्ता, लेख खोजी खोजी पढ्ने, सुन्ने कारणले मिडियामा भ्युज बढ्ने कारणले पनि धेरै मिडियाले खोज्न थाले । परिणाम बिस्तारै एमालेका थप नेता कार्यकर्ता पनि यो बहसमा सामेल भए ।

नभन्दै तीन दिन पछि ईस्वर पोख्रेलको राजेन्द्र बाँनियासँगको अन्तर्वार्ताले सनसनी पायो । त्यसपछि युवराज ज्ञवाली लगाएतको विद्याको समर्थनमा ब्यापकै पक्षधरता देखियो । पदाधिकारी बैठकमा महासचिव मार्फत आएको प्रस्ताव सुरेन्द्र पाण्डेले प्रतिबाद गरेको अनि कुनै एक पदाधिकारी पनि समर्थनमा नआउँदा  खारेज भएको समाचार व्यापक भयो । त्यसपछि विद्याको पुनरागमनको स्वघोषणा, ईस्वर पोख्रेलको दमदार भाषण त मिडियाले कभरेज दियो, कैलालीको  सुख्खडमा त्यही दिन कैलाली जिल्ला कमिटीले राखेको भन्दा दोब्बर उपस्थिति गराएर काठमाडौं बाहिर पनि आफ्नो विचारको सम्प्रेषण गरे ।

अब जे हुन्छ विधान महाधिवेशनले देला, तर लोभ लालचमा नलागी आफूले आफ्नो विवेकले जे मानेको छ त्यस्मा दृढ रहि बोल्न नहिच्किच्याउने नेता थापा रहेको पुष्टि हुन्छ ।

भोलि विद्या आउलिन- नआउलिन तर युवा पुस्ता आउनुपर्छ, दुई कार्यकाल एकै पदमा कुनै एक व्यक्ति रहनु हुँदैन भनेर निर्भिक बोल्ने एमालेको पहिलो व्यक्ति हुने ईतिहास थापाले निर्माण गरे ।

अझ भन्नुपर्दा केपि ओलिको एकल बर्चस्वलाई चुनौती दिने पहिलो व्यक्ति नै थापा रहे । ईतिहासमा एक कुरा लेखिनेछ, पार्टीको आन्तरिक जीवनमा हुने लोकतान्त्रीकरण, जनताको बहुदलीय जनवादको कुशल प्रयोगको वकालत गर्दै अनि निर्णय गर्दै फरक मतलाई पार्टीबाटै निष्काशन गरेर चरो मुसो बोल्न नसकेको स्वेच्छाचारी नेतृत्वलाई चुनौती दिने पहिलो मान्छे कोहि छन् भने उनी “कर्ण थापा” हुन् ।

परतिक्रिया

FaceBook Comment Plugins

Leave a Reply

Your email address will not be published. Required fields are marked *