धनगढी, १३ भदौ । धनगढीका केहि ठाउँमा आज (विहीवार) ७ घन्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ । धनगढी वितरण केन्द्र अन्तर्गतको कब्रिस्तान देखि घुइयाघाटसम्मको लाइन सुधार गर्न विद्युत लाईन काटिन लागेको हो ।
सो क्षेत्रमा ११ केभी कभर केबुल लाईन पनि जडान गरिने भएकाले बिहिबार बिहान १० बजेदेखि बेलुकी ५ बजे सम्म विद्युत लाईन काटिने नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले जनाएको छ। लाईन जडाँनको काम चाँडो भए तोकेको समयभन्दा अगाडी पनि बत्ती आउने प्राधिकरणले जनाएको छ।
प्रतिक्रिया
FaceBook Comment Plugins