कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला

Avatar
धनगढी टुडे समाचार डेस्क

धनगढी, चैत्र १५ । कैलालीको चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला परेको छ।

सोमवार जिल्लाको लम्कीचुहा नगरपालिका–३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका थिए।

चार दिनदेखि बेपत्ता रहेका शाहीको शव आज (बिहीवार) टीकापुर नगरपालिका–२ को सन्कट्टी घाटमा फेला परेको लम्कीचुहा नगरपालिकाका प्रवत्ता लभ शाहीले बताए।

प्रतिक्रिया

FaceBook Comment Plugins