म्यानचेस्टर सिटीले लुटन टाउनलाई हराउँदै प्रिमियर लिगमा चार खेलको जितविहीन यात्रा समाप्त गरेको छ।
पहिलो हाफमा एक गोलले पछि परेको सिटीले दोस्रो हाफमा दुई गोल गर्दै २-१ को जित निकाल्यो।
सिटीले डिसेम्बर २०१९ पछि पहिलो पटक लिगमा लगातार चार खेलमा जितबिहिन यात्रा सामना गरिरहेको थियो।
यो सिजन पछिल्ला चारमध्ये सिटी तीन खेलमा बराबरीमा रोकिदा एक खेलमा पराजित भएको थियोे।
एडेबायोले पहिलो हाफको इन्जुरी टाइममा लुटनलाई अग्रता दिलाएका थिए।
तर दोस्रो हाफमा सिटीका बर्नार्डो सिल्भाले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसको तीन मिनेटपछि ज्याक ग्रेलिसले जुलियन अल्भारेजको लो क्रसलाई गोलमा परिणत गर्दा सिटीले अग्रता लियो।
जितसँगै सिटी चौथो स्थानमा रहदा शीर्ष स्थानको लिभरपुलभन्दा चार अंकले पछि छ।
प्रतिक्रिया
FaceBook Comment Plugins