आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान ९:३० बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।
नेपालको कप्तानी रोहित पौडेलले गर्नेछन् भने नेदरल्यान्ड्सको कप्तानी स्कट एडवार्ड्सले गर्नेछन् । पछिल्लो पटक गत जुनमा जिम्बावेमा सम्पन्न आईसीसी एक दिवसीय विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको थियो ।
लिग–२ शृङ्खलाका लागि घोषित नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भर्तेल, कुशल मल्ल, अनिल साह, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ रहेका छन् ।
प्रतिक्रिया
FaceBook Comment Plugins