एसीसी महिला प्रिमियर कप : आज मलेसिया र नेपालबिच प्रतिस्पर्धा

धनगढी टुडे समाचार डेस्क

मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेशका लागि आज नेपालले मलेसियासँग खेल्दै छ। मलेसियासँगको खेलमा जित जिकाले नेपाल एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेश गर्नेछ । जापानलाई १६ रनले पराजित गर्दै मलेसिया प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो भने डकवर्थ लेविस पद्धति (डीएलएस)को आधारमा कुवेतलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।

नेपालले आफ्नो पहिलो खेलमा हङ्कङलाई ८ विकेटले हराएको थियो। दोस्रो खेलमा नेपालले भुटानलाई पनि ८ विकेटले पराजित गरेको थियो । नेपालले आफ्नो तेस्रो खेलमा माल्दिभ्समाथि २ सय १४ रनको कीर्तिमानी जित हासिल गरेको थियो । एसियाली क्रिकेट काउन्सिल (एसीसी)ले महिला प्रिमियर कप पहिलो पटक आयोजना गरेको हो।

प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने महिला टी–२० एसिया कपमा सहभागिता जनाउन पाउने छ । एसिया कपमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र छनोट चरणबाट आउने दुई टोली सहभागी हुनेछन्। फेब्रुअरी १८ तारिखसम्म सञ्चालन हुने महिला प्रिमियर कपमा कुल १६ वटा राष्ट्रको सहभागिता रहेको छ। प्रतियोगिताको सेमिफाइनल खेल फेब्रुअरी १६ र फाइनल खेल फेब्रुअरी १८ तारिखमा हुनेछ।

प्रतिक्रिया

FaceBook Comment Plugins