आइसिसी लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेल आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दै छ। खेल त्रिवि मैदान कीर्तिपुरमा बिहान ९:३० बजेदेखि सुरू हुनेछ।
सन् २०२७ को विश्वकप छनोट प्रतियोगिताको रूपमा रहेको लिग-२ आठ देशहरूले विभिन्न समयमा सिरिज खेल्ने छन्।
गत संस्करणमा सात टिमबीच प्रतिस्पर्धा भएकोमा यसपटकको लिग-२ मा आठ टिम भिड्दैछन्। आठ टिमले कुल १४४ एकदिवसीय खेल खेल्दा २४ त्रिकोणात्मक सिरिजमा प्रतिस्पर्धा हुँदैछ।
आठ मध्ये शीर्ष चारमा पर्ने टिम, एकदिवसीय मान्यता प्राप्त अर्दै सोझै विश्वकप छनोटमा पुग्नेछन्।
बाँकी चार टिमका लागि दोस्रो अवसर हुनेछ। चार टिमले विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन्। जहाँ विश्वकप च्यालेन्ज लिगबाट आउने चार टिम गरी आठ टिमबीच प्रतिस्पर्धा हुनेछ।
नेपालले मात्रै लिग-२ मा ३६ खेल खेल्नेछ। ती मध्ये जारी सिरिजमा आजको सहित ४ खेल खेलिसक्दा अब २०२७ सम्म हुने विभिन्न सिरिजहरूका ३२ खेल खेल्नेछ।
पहिलो सिरिजको तीन खेल खेलिसक्दा नेपालले १ जित र दुई हार ब्यहोरेको छ। नेपाल नामिबियासँग भएको दुबै खेलमा पराजित भएको थियो भने नेदरल्याण्ड्सविरूद्ध भने ९ विकेटको सानदार जित निकालेको थियो।
नामिबिया ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ भने नेपाल र नेदरल्याण्ड्स २/२ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
नेपालको टोली
रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अनिलकुमार साह, दीपेन्द्र सिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ, देव खनाल
नेदरल्यान्ड्सको टोली
म्याक्स ओडाउड, विक्रमजित सिंह, नोआह क्रस, शरिज अहमद, आर्यन दत्त, तेजा निडामानिरु, स्कट एडवाड्र्स (कप्तान), माइकल लेभिट, भिभियन किंग्मा, वेस्ली ब्यारेसी, स्याब्रान्ड एंगेलब्रेक्ट, रोलेफ भान डर मर्वे, बास डि लिडे, क्याइल केलिन, ओलिभर एलेनबास
प्रतिक्रिया
FaceBook Comment Plugins