काठमाडौं, २६ मङ्सिर । काठमाडौं गुर्खाजसँग पराजित भएसँगै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल)बाट बाहिरिएको छ। आज (बुधबार) भएको खेलमा काठमाडौंसँग लुम्बिनी १८ रनले पराजित भएसङ्गै लुम्बिनी प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको हो ।
काठमाडौंले दिएको १०४ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.२ ओभरमा सबै विकेट गुमाउँदै ८५ रन मात्रै बनाउन सक्यो। लुम्बिनीका सन्दीप जोराले सर्वाधिक २६ रन बनाए। २९ बल खेलेका उनले दुई चौका प्रहार गरे। सूर्य तामाङ ११ रनमा अविजित रहे।
उन्मुक्त चन्दले १४ रन बनाउँदा अन्यले दोहोरो अंक छुन सकेनन्। काठमाडौंका कप्तान करण केसीले सर्वाधिक चार विकेट लिए। चार ओभर बलिङ गरेका उनले १६ रन खर्चिए। दीपेश कँडेलले तीन, ग्रेहार्ड इरास्मसले दुई र रासिद खानले एक विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको काठमाडौंले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०३ रन बनाएको थियो।
काठमाडौंका भीम सार्कीले सर्वाधिक ३१ रन बनाए। ४० बल खेलेका उनले एक चौका प्रहार गरे। डन डाउथवेटले २१, प्रतिश श्रेष्ठले २० र स्टेफन इन्कान्जीले १३ रन बनाए।
लुम्बिनीका साद बिन जाफरले सर्वाधिक तीन विकेट लिए। रामोन सिमोन्ड्स र अभिषेक गौतमले समान दुई विकेट लिए।
प्रतिक्रिया
FaceBook Comment Plugins