एमाले कैलाली अधिवेशन: आज रातिबाट मतगणना सुरु गरिने

Avatar
धनगढी टुडे समाचार डेस्क

नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि आज (शुक्रवार) मतदान भएको छ।

अधिवेशन उद्घाटन भएको छैटौँ दिन सुखडको घोडाघोडी बहुमुखी क्याम्पसमा बिहान ८:३० बजदेखि मतदान सुरु भएको थियो । झण्डै १२ घण्टासम्म चलेको मतदानमा ५७७ मत खसेको छ।

मतदान सकिएसँगै अहिले मुचुल्का उठाउने काम भइरहेको छ। शुक्रवार रातिदेखि नै मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।

एमाले कैलालीको अध्यक्षमा हालका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्व प्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगानाले प्यानलसहित उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया

FaceBook Comment Plugins