भोली पनि तीनकुनेमा प्रदर्शन गर्ने दुर्गा प्रसाईंको घोषणा

धनगढी टुडे समाचार डेस्क

अभियन्ता दुर्गा प्रसाईंले भोलि पनि काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्ने बताएका छन्। शुक्रवार साढे ४ बजे ठिमीस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै शनिवार तीनकुनेमा हुने प्रदर्शनमा आफू पनि सहभागी हुने बताए। उनले सरकारले आफ्नो सुरक्षाका नाममा आफूलाई घरभित्र थुनेर बेवकुफ बनाउन खोजेको आरोप लगाए।

उनले आफू गोली खान वा जेल जान तयार रहेको बताउँदै आफू आन्दोलन छोडेर नभाग्ने उल्लेख गरे। उनले आफूलाई नजरबन्दमा राखिएको बताउँदै राजनीतिक दलहरू एकातिर आफू र आफ्नो पक्षमा रहेका जनताहरू प्रतिपक्ष रहेको दाबी गरे। प्रसाईँले आफ्ना मान्छेलाई सरकारले पार्टी प्यालेसमा लगेर नजरबन्दमा राखिएको र २७ सय जनालाई पक्राउ गरेको बताए।

प्रतिक्रिया

FaceBook Comment Plugins