अत्तरिया उद्योग वाणिज्य संघको कार्यालयमा तालाबन्दी

Avatar
धनगढी टुडे समाचार डेस्क

कैलालीको अत्तरिया उद्योग वाणिज्य संघको कार्यालयमा तालाबन्दी गरिएको छ।

आज (मंगलबार) अत्तरियाका व्यवसायीले उद्योग वाणिज्य संघको कार्यालयमा तालाबन्दी गरेका हुन्।

अत्तरियामा आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवको नक्कली टिकट ठेली प्रकरणमा छानबिनको माग गर्दै व्यवसायीले संघको कार्यालयमा ताला लगाएका छन्। माघ ७ गतेसम्म चलेको महोत्सवमा माघ ४ गते २८ वटा नक्कली टिकट ठेली फेला परेका थिए।

प्रतिक्रिया

FaceBook Comment Plugins