पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तमा यात्रुवाहक बस दुर्घटना हुँदा २० जनाको मृत्यु

Avatar
धनगढी टुडे समाचार डेस्क

पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तको हाफिजाबाद जिल्लामा आईतवार यात्रुवाहक बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ ।

आइतबार यात्रु बसले अर्को सवारीसाधनलाई ठक्कर दिँदा लागेको आगोले अन्य १५ जना घाइते भएका हुन् । फैसलाबाद टोल प्लाजाको राजमार्गमा बिहान इन्धन बोकेको पिकअप भ्यानसँग बस ठोक्किएर आगलागी भएको थियो ।

उद्धारकर्मीहरुले घाईतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । जसमा तीन जनाको अवस्था गम्भीर रहेको छ । बसमा करिब ४० जना यात्रु सवार थिए । दुर्घटनाग्रस्त बस दक्षिणी बन्दरगाह शहर कराँचीबाट संघीय राजधानी इस्लामावाद जाँदै थियो ।

प्रतिक्रिया

FaceBook Comment Plugins