काठमाडौं, २ फागुन । अमेरिकी संसदमा ‘डाइभर्सिटी इमिग्रेन्ट भिसा (डिभी) प्रोग्राम’ अन्त्य गर्नेसम्बन्धी विधेयक पेश भएको छ। रिपब्लिकन प्रतिनिधि माइक कोलिन्सले राष्ट्रिय सुरक्षा र निष्पक्षता सुधार गर्ने उद्देश्यसहित ‘अमेरिकाको सुरक्षा विधेयक २०२५’ संसदमा प्रस्तुत गरेका हुन्।
डिभी लट्री समाप्त गर्ने तयारी
अमेरिकी सञ्चारमाध्यम फक्स न्यूजका अनुसार विधेयकको मुख्य उद्देश्य डिभी लट्री कार्यक्रम अन्त्य गर्नु हो। रिपब्लिकन सांसदहरूले डिभी लट्री प्रणाली अमेरिकाको आप्रवासन नीतिमा खोट ल्याउने भन्दै यसको विरुद्धमा विधेयक दर्ता गरेका छन्।
राष्ट्रिय सुरक्षामा असर पार्ने तर्क
सांसदहरूको तर्क छ कि कम्प्युटर कोडका आधारमा भिसा वितरण गर्दा राष्ट्रिय सुरक्षामा खतरा बढेको छ। अमेरिकी विदेश विभागले सञ्चालन गरिरहेको डिभी कार्यक्रमअन्तर्गत वार्षिक ५५,००० आप्रवासीलाई ग्रीन कार्ड दिइने प्रावधान छ। तर, सांसदहरूले योग्यता र क्षमता हेरेर भिसा वितरण गर्नुपर्नेमा लट्री प्रणालीका कारण सुरक्षा चुनौती थपिएको दाबी गरेका छन्।
डिभी खारेज गर्ने विधेयक पारित हुने सम्भावना
अमेरिकामा यसअघि पनि डिभी भिसा कार्यक्रमलाई लिएर आलोचना हुने गरेको थियो। हाल संसदमा रिपब्लिकनहरूको बहुमत रहेको र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिसँग मिल्दोजुल्दो अडान राखिएकोले विधेयक पारित हुने सम्भावना उच्च रहेको बताइएको छ। यदि यो विधेयक पारित भएमा डिभी लट्री कार्यक्रम स्थायी रूपमा बन्द हुन सक्छ।
नेपाल पानाबाट
प्रतिक्रिया
FaceBook Comment Plugins