चौधौं नगर स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता: शुरु

Avatar
धनगढी टुडे समाचार डेस्क

चौधौं नगर स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोह श्री वागिस्वरी मा.वि.मा समापन भएको छ ।

उक्त कार्यक्रमको अध्यक्षता स्थानीय तह स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितीका अध्यक्ष श्री बल बहादुर तामाङ्गले गर्नु भएको थियो भने प्रमुख अतिथि पुनर्वास नगरपालिकाका प्रमुख श्री तोयानाथ अर्याल रहनु भएको थियो ।

विशिस्ट अतिथिहरुमा पुनर्वास नगरपालिका उप प्रमुख भुलियाकुमारी राना, निवर्तमान नगर प्रमुख जीवन थापा र जिल्ला खेलकुद समितिका अध्यक्ष श्री कुबेर खड्का रहनु भएको थियो ।

त्यस्तै अतिथिहरुमा निवर्तमान नगर उप प्रमुख शारदा बिस्ट धामी, प्रमुख प्रशासकीय अधिकृत श्री गणेश सिंह ऐरी, वडा न. ८ का वडाध्यक्ष राना श्रावण, वडा न. ११ का वडाध्यक्ष तथा पुनर्वास नगरपालिकाका प्रवक्ता श्री तुलसी अर्याल, वडा न. १ का वडाध्यक्ष श्री मोहनलाल राना, वडा न. २ का वडाध्यक्ष श्री डम्बर बहादुर थापा, वडा न. ३ का वडाध्यक्ष कृष्ण बहादुर तामाङ्ग, वडा न. ४ का वडाध्यक्ष श्री मनोज जैशी, वडा न. ५ का वडाध्यक्ष पदम बहादुर रोकाया, वडा न. ६ का वडाध्यक्ष श्री मित्र सिंह लामा, वडा न. ७ का वडाध्यक्ष श्री मुलचन्द राना, वडा न. ९ का वडाध्यक्ष, श्री नर बहादुर बिक र वडा न. १० का वडाध्यक्ष सुकदेव राना रहनु भएको थियो ।

कार्यक्रममा आयोजक समितिका सदस्य सचिव तथा आयोजक विद्यालयका प्रधानाध्यापक श्री डिल्ली प्रसाद शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो भने शुभकामना मन्तव्य श्री अरेन्ट इंलिस बोर्डिङ स्कुलमा कक्षा १० मा अध्यनरत विद्यार्थी माधव प्रसाद उपाध्यायले गरेका थिए ।

उद्घाटन कार्यक्रम समापनसङ्गै खेल प्रतियोगिता सुरु भएको थियो ।

आज भएको मार्चपासमा सरस्वती मा.वि प्रथम, एसपिएल एकेडेमी द्वितीय र वागिस्वरी मा. वि.ले तृतीय स्थान हासिल गरेका छन् ।

त्यस्तै १५०० मिटर छात्र दौड प्रतियोगितामा पुनर्वास जनता मा. वि.का धन बहादुर सार्की प्रथम, शान्ती मा.वि. का अमृत चौधरी द्वितीय र जीवन ज्योती मा.वि. का भक्त भुलले तृतीय स्थान हासिल गरेका छन् ।

त्यसैगरी १५०० मिटर छात्रा दौड प्रतियोगितामा जीवन ज्योति मा. वि. कि पवित्रा कुमारी सार्की प्रथम, राष्ट्रिय मा.वि.कि नन्दा खड्का द्वितीय र जीवन ज्योति मा. वि. कि कल्पना बिष्ट तृतीय भएकी छिन ।

समय अभावका कारण आज हुन नसकेका खेलहरु भोलि बिहान ८ बजेबाट सुरु हुने कार्यक्रम सन्चालन मुल समितिका सदस्य सचिव तथा आयोजक विद्यालयका प्रधानाध्यापक श्री डिल्ली प्रसाद शर्माले बताउनुभयो ।

प्रतिक्रिया

FaceBook Comment Plugins