धनगढी, २९ साउन । विद्यालय शिक्षा विधेयकमा नमिलेका विषय थाती राखेर प्रतिवेदन लेखनको काम सकिएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले २२ साउनमा सचिवालयलाई प्रतिवेदनल लेख्न निर्देशन दिएको थियो । समितिको निर्देशन अनुसार सचिवालयले नमिलेका विषय थाती राखेर प्रतिवेदन लेखनको काम सकाएको हो ।
‘प्रतिवेदन लेखनको काम सकिएको छ,’ समिति सचिव दशरथ धमलाले भने ।
एमाले सांसद छविलाल विश्वकर्मा संयोजकत्वको उपसमितिले तयार पारेको प्रतिवेदन अघिल्लो बैठकमा परिमार्जनसहित पारित गरेपछि समिति सचिवालयले प्रतिवेदन तयार पारेको हो । तर विधेयकमा अझै केही विषय मिल्न बाँकी छ ।
२२ साउनमा बसेको समितिको बैठकले नमिलेका विषय परामर्श समन्वय उपसमितिबाट सहमति जुटाउने निर्णय गरेको थियो ।
निजी विद्यालयको पूर्ण छात्रवृत्तिमा पोशाक र आवासीय सुविधा राख्ने कि नराख्ने भन्ने विषयमा विवाद छ । निजी विद्यालय सञ्चालकहरूले छात्रवृत्तिमा पोशाक र आवासीय सुविधा नदिने बताउँदै आएका छन् । तर, सांसदहरूले दिनुपर्ने मत राखिरहेका छन् । अब यो विषय शिक्षा मन्त्रालयसहित परामर्श समन्वय उपसमितिको बैठकबाट टुंगो लगाउने तयारी छ
Onlinekhabar बाट
प्रतिक्रिया
FaceBook Comment Plugins