एनपीएल क्रेजः खल्तीबाट तीन दिनमै बिक्री भयो ३२ लाख रुपैयाँ बढीको टिकट

धनगढी टुडे समाचार डेस्क

काठमाडौं, १२ मङ्सिर। आउँदो शनिबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पहिलो खेलका सबै टिकट बिक्री भएका छन् । डिजिटल वालेट खल्तीबाट सोमबार टिकट खुला गरिएकोमा तीन दिनमै सोल्ड आउट भएको नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव छुम्बी लामाले जानकारी दिए ।

उनका अनुसार खल्तीबाट १० हजार टिकटमध्ये ८०० भीआईपी र नाै हजार २०० साधारणतर्फका टिकट बिक्री भएका छन् । उद्घाटन खेलका लागि भीआईपी टिकटको मूल्य ७०० र साधारण टिकटको मूल्य ३०० रुपैयाँ राखिएको थियो ।

यसबाट हिसाब गर्दा विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच हुने उद्घाटन खेलको टिकट बिक्रीबाट क्यानले ३२ लाख रुपैयाँ बढी आम्दानी गरेको छ ।

प्रतिक्रिया

FaceBook Comment Plugins