काठमाडौं, २ असोज । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत आज (बुधबार) ओमानसँग खेल्दैछ । क्यानडाको ओन्टेरियोमा हुने खेल नेपाली समयअनुसार बेलुकी ८:४५ बजे हुनेछ ।
क्यानडा भ्रमणमा नेपालको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको थियो ।
नेपाली टोली :
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, अनिलकुमार साह, भीम सार्की, आरिफ शेख, सोमपाल कामी, करण केसी, गुल्सनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, देव खनाल (ट्राभलिङ रिजर्भ)
प्रतिक्रिया
FaceBook Comment Plugins