आईसीसी टी–२० विश्वकपको तयारीमा रहेको नेपालले त्रिकोणात्मक सिरिजको पहिलो खेलमा आज मंगलबार नामिबियासँग खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ११:३० बजेबाट सुरु हुनेछ।
यसअघि आईसिसी विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदानमा भएको ओडीआई सिरिजको दुई खेलमा नै नेपाल नामिबियासँग पराजित भएको थियो।
सिरिजको दोस्रो खेल नेपालले भोलि बुधबार नेदरल्याण्डस्सँग खेल्नेछ।
१८ गते नेपालले नामिबियासँग खेल्नेछ भने १९ गते आफ्नो अन्तिम खेलमा नेपालले नेदरलल्याण्डस्सँग खेल्नेछ।
शीर्ष २ मा रहने टोलीले फाइनल खेल्नेछन्। फाइनल खेल २२ गते हुने तालिका छ।
नेपाली टोली
रोहित पौडेल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल साह, रासिद खान, सागर ढकाल, आरिफ शेख र अविनाश बोहोरा
प्रतिक्रिया
FaceBook Comment Plugins