एमाले कैलाली जिल्ला अधिवेशन : यज्ञराज ढुंगानाको अध्यक्षमा सशक्त दाबेदारी

Avatar
धनगढी टुडे समाचार डेस्क

नेकपा (एमाले) कैलाली जिल्लाको ९औं जिल्ला अधिवेशन आगामी फागुन ६ र ७ गते हुँदैछ । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

घोडाघोडी नगरपालिकाको सुखडमा हुने उक्त अधिवेशनका लागि प्रतिनिधिसमेत छनौट भइसकेको हुनाले पदाधिकारीका आकांक्षीहरू आफ्नो उम्मेदवारी घोषणाको तयारीमा रहेका छन्।

जिल्लाको नेतृत्व लिन चाहने नेताहरुले चुनिएर आएका प्रतिनिधिहरूसङ्गको भेटघाटलाई तीब्र रुपमा बढाएका छन् ।

पार्टीको भातृ संगठन अनेरास्ववियुबाट आफ्नो राजनीतिक यात्रा सुरू गरेका एमाले सुदूरपश्चिम प्रदेश कमिटीका पूर्वसचिवालय सदस्य यज्ञराज ढुंगानाको जिल्ला अध्यक्षका लागि विशेष चर्चा हुन थालेको छ।

कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधि छनौटमा सहमती हुन नसकेर निर्वाचन मार्फत छनौट गरिएको हो । गत माघ २७ गते प्रतिनिधि छनोटमा पार्टीभित्रकै एकथरीले ढुङ्गानालाई रोक्ने कोसिस गरेका थिए । तर, निर्वाचन मार्फत अत्याधिक मतका साथ उनी प्रतिनिधिमा चयन भएका हुन् ।

भूगोलमा कार्यकर्तामाझ अत्यन्त लोकप्रिय ढुंगानाका पक्षमा ७० प्रतिशत भन्दाबढी प्रतिनिधिहरू रहेको जिल्लाका अगुवा नेताहरूले बताउन थालेका छन् ।

राजनीतिसँगै व्यवसायमा पनि रहेका ढुंगाना सामाजिक कामहरूमा पनि त्यतिकै व्यस्त हुन्छन् । उनी धनगढीमा अवस्थित नवजीवन अस्पतालका अध्यक्ष समेत हुन्। उनले अस्पतालमार्फत दिनदु:खी जनताहरूको सेवा पनि गर्ने गरेका छन् ।


नम्र स्वभाव, पारदर्शी व्यवहार र परिपक्वता उनका प्रमुख विशेषता हुन्। आफ्नो जिम्मेवारी र भूमिकालाई कुशलताका साथ निभाउन सक्ने क्षमता ढुंगानामा छ। वर्तमान कैलाली जिल्लाका पदाधिकारीले पार्टीलाई कमजोर बनाएको समयमा उनलाई पार्टी निर्माणको नयाँ विकल्पको रूपमा उभ्याउन खोजिएको छ ।

आगामी अधिवेशनबाट ढुंगानालाई सर्वसम्मत नेतृत्वका रूपमा अघि सारिने र त्यो सम्भव नदेखिए निर्वाचन प्रक्रियामार्फत भए पनि नेतृत्वमा ल्याइछाड्ने अधिकांश प्रतिनिधिहरूको इच्छा रहेको एमाले कैलालीका नेताहरू बताउँछन्।

प्रतिक्रिया

FaceBook Comment Plugins