अरनिको सैनिक कप फुटबल प्रतियोगिता माघ २१ गतेदेखि सुरु हुने

Avatar
धनगढी टुडे समाचार डेस्क

कंचनपुरको पुनर्वासमा माघ २१ गतेदेखि सुरु हुने छैटौं अरनिको सैनिक कप खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । क्लबले पत्रकार सम्मेलन गर्दै माघ १६ गतेदेखि सुरु हुने भनिएको प्रतियोगिता खराब मौसमका कारण सर्न गएको जानकारी दिएको छ ।

क्लबका अध्यक्ष जित बहादुर तामाङको अध्यक्षता भएको थियो भने प्रमुख अतिथी पुनर्वास नगरपालिका-६ का अध्यक्ष मित्र सिंह लामा रहेका थिए ।

कंचनपुर जिल्लाकै सर्वाधिक धनराशिको खुल्ला फुटबल प्रतियोगितामा बिभागीय टीम नेपाल आर्मी र नेपाल पुलिस क्लब सहित १९ वटा टिमहरूको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले मेडल,ट्रफी,प्रमाणपत्र सहित नगद रु २ लाख ६० हजार र उपविजेता टिमले १ लाख ३० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष जित बहादुर तामाङले जानकारी दिए । प्रतियोगितामा सहभागि हुन टिमले नगद रु १० हजार दर्ता शुल्क तिर्नुपर्ने छ, उनले थपे ।

पुनर्वास नगरपालिका-२ अरनिको बस्ती स्थित क्लबकै खेलमैदानमा हुने प्रतियोगिताको मूख्य प्रायोजकको रुपमा प्रकाश दाहाल स्मृति प्रतिष्ठान रहेको छ भने सह प्रायोजकको रुपमा काठमाडौंको विज्ञान एसआर म्यानेजमेन्ट प्रालि रहेको छ । यस्तै प्रतियोगिता सम्पन्न गर्न पुनर्वास नगरपालिका-६ को कार्यालय र रेडबुलले पनि अर्थिक सहयोग गरेको छ ।

खुल्ला फुटबल प्रतियोगितामा हरेक दिन २ वटा खेल खेलाइने छ । खेल नकआउटको आधारमा खेलाइने छ भने हरेक खेलको म्यान अफ द म्याच हुने खेलाडीलाई रेडबुलको तर्फ रु १ हजार ५ सय प्रदान गरिने बताइएको छ ।

प्रतियोगिता सम्पन्न गर्न कुल १२ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन स्वर्गीय प्रकाश दाहाल स्मृति प्रतिष्ठानकी अध्यक्ष पुर्व माननीय विना मगरले गर्ने तय भएको आयोजकले जानकारी दिएको छ । उक्त पत्रकार सम्मेलन कार्यक्रमलाई क्लबका सचिब दिपेश तामाङले संचालन गरेका थिए ।

प्रतिक्रिया

FaceBook Comment Plugins