यू-१९ विश्वकप क्रिकेटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।
आफ्नो दोस्रो खेलमा नेपाल आज पाकिस्तानसँग ५ विकेटले पराजित भएको हो । समूह डीबाट नेपाल र अफगानिस्तान बाहिरिएका छन् भने न्युजिल्याण्ड र पाकिस्तान सुपर ८ मा प्रवेश गरेका छन्। दुवैको समान ४/४ अंक रहेको छ। नेपाल र अफगानिस्तान अंकविहीन रहेका छन्।
नेपालले दिएको १९८ रनको झिनो लक्ष्य पाकिस्तानले १७ बल बाँकी छँदै ५ विकेट गुमाएर पुरा गरेको हो। पाकिस्तानका लागि अजान अविसले अविजित ६३ रन बनाए। नेपालका लागि आकास चन्दले ३ तथा दिपेश कँडेल र आकास त्रिपाठीले समान १/१ विकेट लिए। त्यसअघि दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभर खेल्दै सबै विकेट गुमाएर १९७ रन बनाएको थियो।
नेपालले समूह चरणको अन्तिम खेल जनवरी २७ तारिखमा अफगानिस्तानसँग खेल्नेछ ।
प्रतिक्रिया
FaceBook Comment Plugins