कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ

Avatar
धनगढी टुडे समाचार डेस्क

कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।

कृष्णपुर नगरपालिका-५ बनदेबीबाट ०.४९ ग्राम लागूऔषध (खैरो हेरोईन)सहित सोही ठाउँ बस्ने २३ वर्षीय प्रकाश सुनार र २४ वर्षीय राजु शार्कीसहित ३ जना आईतवार राति पक्राउ परेका हुन्।

ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट लागूऔषध फेला पारी तीनै जनालाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

प्रतिक्रिया

FaceBook Comment Plugins