कञ्चनपुरको बेलौरी नगरपालिकमा माघी मेला लाग्ने भएको छ ।
बेलौरीको थारु छात्राबासमा बिहीबार पत्रकार सम्मेलन गर्दै थारु कल्याणकारीणि सभा बेलौरीले “राष्ट्रिय एकतामा विविधतामा हमार सान, थारु भाषा,सस्कृती बचैना हमार अभियान” भन्ने मुल नारा सहित बेलौरीको खुला मञ्चमा पौष २६ गते २८ गतेसम्म हुने जनाएको छ।
पौष २६ गते बिहीबार रक्तदान कार्यक्रम सहित उदघाटन हुने आयोजकले जनाएको छ।
थारू समुदायको कला, संस्कृति र भाषा साहित्यको जगेर्ना एवं प्रबर्द्धन र संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति सहित झुम्रा मुग्रुह्ववा, हुरहुग्वा नाच तथा अन्य पुराना पुराना प्रस्तुति थारु समुदायको रहनसहन र भेषभुषा थारु परिकार प्रदर्शन गरिनेछ ।
“मेला अवलोकनका लागि कुनै शुल्क नलाग्ने भएकोले ५० हजार भन्दा बढी दर्शकहरुले मेलाको अवलोकन गर्ने अनुमान गरिएको छ” थारु कल्याणकारीणि सभा बेलौरीका अध्यक्ष खडक चौधरीले भने ।
कार्यक्रमको मुख्य प्रयोजक कैलालीको धनगढीमा रहेको नोभा हस्पिटल प्रा लि रहेको छ भने प्रबर्द्धनमा बेलौरी नगरपालिका रहेको छ।
प्रतिक्रिया
FaceBook Comment Plugins