नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणको उपाधि ललितपुर सिटी एफसीले जितेको छ।
आज (शनिवार) दशरथ रङ्गशालामा भएको फाइनलमा धनगढी एफसीलाई ३–२ गोलले हराउँदै ललितपुरले उपाधि जितेको हो। खेलको पहिलो हाफमा दुवै टोलीले १–१ गोल गरेका थिए। धनगढीका लागि ओलावाले अफिजले खेलको ३९ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।
पहिलो हाफको इन्जुरी समयमा ललितपुरका लागि इमोह एजेकेले गोल गर्दै ललितपुरलाई बराबरीमा ल्याए। तर दोस्रो हाफमा ललितपुरले दुई गोल गरेर ३–२ गोलको जित हात पा¥यो। ललितपुरको जितमा इमोह एजेकेलले २ तथा दिनेश हेन्जनले १ गोल गरे। उपाधि विजेता ललितपुरले ७० लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता धनगढीले २० लाख रुपैयाँ प्राप्त गर्यो ।
प्रतिक्रिया
FaceBook Comment Plugins