राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मकैको खोया प्रहार गरेको आरोपमा पक्राउ परेका सन्तोष रानाभाटलाई १० दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ।
सार्वजनिक शान्ति भंग गरेको कसुरमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए।
उनका अनुसार १० दिनभित्र अनुसन्धान गरेर जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गर्ने प्रहरीको तयारी छ।
रास्वपाले शनिबार पोखरामा आयोजना गरेको सभामा सभापति लामिछानेले बोल्दै गर्दा रानाभाटले खोया प्रहार गरेका थिए। खोया प्रहार भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
प्रतिक्रिया
FaceBook Comment Plugins