भोलि शोक विदा

Avatar
धनगढी टुडे समाचार डेस्क

धनगढीः कैलालीको कैलारी गाउँपालिकामा भोलि शोक विदा दिइएको छ।

कैलारी गाउँपालिकामा कार्यरत सब ओभरसियर सहायक चौथौ तहका स्वर्गीय विशेष चौधरीको निधनपछि गाउँपालिकाले भोलि (सोमवार) शोक विदा दिइएको हो। साथीहरुसँग टीकापुर घुम्न गएका चौधरी कार्तिक २५ गतेदेखि कर्णाली नदिमा बेपत्ता भएका थिए। शुक्रवार उनको शव टीकापुरको दौलतपुर घाटमा फेला परेको थियो।

स्वर्गीय चौधरीको आज अन्त्येष्टी गरिएको छ। कैलारी गाउँपालिकाको कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा समेत अति आवश्यक सेवा बाहेक शोक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत विरबहादुर ऐरले बताए।

प्रतिक्रिया

FaceBook Comment Plugins