नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुनामा नराखी अनुसन्धान गर्न जिल्ला अदालत आदेश

dhangadhitoday

नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुनामा नराखी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।

शुक्रबार न्यायाधीश दण्डपाणि शर्माको इजलासले सांसद शर्मालाई थुनाबाहिरै राखेर अनुसन्धान अघि बढाउन केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई आदेश दिएको जिल्ला अदालतका प्रवक्ता दीपक दाहालले जानकारी दिए।

केन्द्रीय अनुसन्धान ब्युरोका एसपी एवं प्रवक्ता नवराज अधिकारीले भने अरू दुई जनालाई सात दिन र तीन जनालाई पाँच दिन म्याद थप गरी अनुसन्धान गर्न अदालतले अनुमति दिएको बताए।

सिआइबीले सरकारी वकिलको कार्यालयमार्फत् शुक्रबार जिल्ला अदालतमा उपस्थित गराएको थियो।

बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले शर्मालाई उनकै निवासबाट पक्राउ गरेको थियो।

मोरङ क्षेत्र नम्बर ३ बाट गत मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट शर्मा निर्वाचित भएका थिए।

शर्मा काठमाडौं मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक हुन्।

उक्त प्रकरणमा डा. रामबाबु यादव, डा. रञ्जित यादव, डा. एलिना साह, डा. अमित चौधरी, डा. श्रद्धा शिल्पकार र डा. मनित चौधरी पनि पक्राउ परेका थिए।

सिआइबीले फक्सट्रट चार्ली अपरेशन देशभरि चलाएर नक्कली शैक्षिक प्रमाणपत्र लिने चिकित्सकहरूलाई पक्राउ गरिरहेको हो।

यी पनि:

कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

पक्राउ परेका कांग्रेस सांसद सुनिल शर्मामाथि शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोप

सांसद सुनिल शर्मालाई पक्रन सिआइबीले चलाएको ‘फक्सट्रट चार्ली’ अपरेशन

सांसद सुनिल शर्मा पक्राउबारे के भन्छ कांग्रेस?

सिआइबीको हिरासतबाट सांसद सुनिल शर्माको अभिवादन! (तस्बिरहरू)

कांग्रेस सांसद सुनिल शर्मालाई पक्रिएकोमा एमालेको आपत्ति

प्रतिक्रिया

FaceBook Comment Plugins