आँखा पाक्ने रोग संक्रमण बढेपछि भरतपुरका विद्यालयमा पाँच दिन बिदा

dhangadhitoday

आँखा पाक्ने रोगको संक्रमण बढेपछि भरतपुर महानगरपालिकाले महानगरभित्रका सबै शैक्षिक संस्थाहरुमा बिदा दिने निर्णय गरेको छ।

महानगरको शैक्षिक प्रशासन महाशाखाले विशेषज्ञको परामर्शको आधारमा पाँच दिनका लागि कुनै पनि शैक्षिक गतिविधि नगर्नेगरी बिदा गर्ने निर्णय गरिएको जनाएको छ।

नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालले हिउँदे वा बर्खे बिदाबाट मिलान गर्नेगरी सोमबारदेखि शुक्रबारसम्म बिदा गर्न सबै शैक्षिक संस्थालाई पत्राचार गरेको जानकारी दिए।

आँखा पाक्ने रोग(एडिनो भाइरस) को संक्रमण चितवनमा पनि बढ्दै गएको छ।

आँखा पाक्ने रोग बढेकै कारण चितवनको रत्ननगर र खैरहनी नगरपालिकाले पनि शैक्षिक संस्थामा बिदा गर्ने निर्णय गरेका छन्। खैरहनीमा आइतबार र सोमबार, रत्ननगरमा सोमबारदेखि चार दिन बिदा दिइएको छ।

प्रतिक्रिया

FaceBook Comment Plugins