लायन्स क्लब अफ धनगढी सिटीले मनायो १५औ स्थापना दिवस

Avatar
धनगढी टुडे समाचार डेस्क

धनगढी, ३० असार । लायन्स क्लब अफ धनगढी सिटीको १५औ स्थापना दिवस समारोह सम्पन्न भएको छ । हिजो (आइतबार) धनगढीको गार्डन् होम स्टे एन्ड रिसोर्टमा क्लबका अध्यक्ष लायन डा.सुरेशराज पन्तको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा Multiple diabetes co-ordinator तथा PDG MjF लायन सेम राज शाक्य रहनु भएको थियो भने विशिष्ट अतिथिहरुमा PMCC तथा PDG MJF लायन सिबी चन्द र PDG MJF Lion मधुसूदन शर्मा रहनु भएको थियो ।

क्लबमा पुर्याएको योगदानलाई कदर गर्दै अग्रज लायन द्वय सेमराज शाक्य र मधुसूदन शर्मालाई अभिनन्दन पत्रले सम्मान गरिएको थियो भने बिष्णुराज बुर्लाकोटीलाई सम्मान पत्र र भरत खडकालाई प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रम NLF, PNLF, MJF र धर्म भकारीमा केही लायन्सहरूले योगदान गरेका थिए । लायन केदार दत्त भट्टले दिनुभएको मोना स्मृति कोषको एक लाख राशीको चेक क्लबलाई हस्तान्तरण गरिएको थियो । धनगढी उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक सुधार कार्यक्रमका लागि उपमहानगरपालीका शिक्षा महाशाखा प्रमुख घुम्मन सिंह बडायकलाई रु ७५०००/- को चेक हस्तान्तर गरिएको थियो ।

कार्यक्रमको सन्चालन क्लवका सचिब सुनिल सुबेदीले गर्नुभएको थियो ।

प्रतिक्रिया

FaceBook Comment Plugins

Leave a Reply

Your email address will not be published. Required fields are marked *