धनगढी, ९ असार । कैलालीको धनगढीमा एक युवती मृत अवस्थामा भेटिएकी छन् । जिल्ला कंचनपुर, पुनर्वास नगरपालिका-११ अमरबस्ती घर भई हाल धनगढी-२ बैयाबेहडीमा बस्दै आएकी ३० वर्षीया रेणु चाैधरी आज (सोमबार) बिहान मृत भेटिएको जिल्ला प्रहरीले कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले काेठा भाडामा बस्दै आएकी युवती मृत भेटिएको बताउनुभयो । तर काेठाकाे ढाेकामा बाहिरबाट ताल्चा लगाएकाे अवस्थामा उनी मृत भेटिएको बताउँदै घटना शंकास्पद भएको उहाँले बताउनुभयो ।
यतिबेला घटनास्थल सिल गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रतिक्रिया
FaceBook Comment Plugins