सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिन अध्यक्ष श्रेष्ठको निर्देशन

धनगढी टुडे समाचार डेस्क

धनगढी, १६ चैत्र । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी छिन्।

उनले संसदीय दलका नेता घनश्याम चौधरीलाई कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी हुन्। फिर्ता नलिए कारबाही गर्ने उनले चेतावनी समेत दिएकी हुन्।

निर्देशनमा भनिएको छ,‘नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कमिटीको २०८०/१२/१४ गते पार्टीको कार्यालय, टीकापुर कैलालीमा बसेको बैठकको निर्णय अनुसार पार्टीले दिएको समर्थन फिर्ता लिन निर्णय भएकाले सोही बमोजिम सरकारबाट बाहिर आउन निर्देशन गर्दछु। अन्यथा पार्टीको विधान आकर्षित गरिनेछ।’

तर, संसदीय दलका नेता चौधरीले प्रदेश सरकारलाई दिएको समर्थन कायमै रहने बताए।

प्रतिक्रिया

FaceBook Comment Plugins