आइसिसी टि-२० सिरिज : आज नेपाल र नामिबिया खेल्दै

Avatar
धनगढी टुडे समाचार डेस्क

नेपालले त्रिकोणात्मक टि-२० आईसिसी सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा आज नामिबियासँग खेल्दैछ । खेल बिहान ११:३० बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।

दुबै खेलमा नेपालले हार व्यहोरेको छ । नामिबियाले पहिलो खेलमा नेपाललाई २० रनले हराएको थियो भने नेदरल्यान्ड्सले नेपाललाई २ रनले हराएको थियो ।

नेपालले फाइनल खेल्ने सम्भावना कायमै राख्न आजको खेल जित्नै पर्नेछ । आजको खेलमा पराजित भए नेपाल औपचारिक रुपमै फाइनल दौडबाट बाहिरिनेछ ।

नेपालले भोलि शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

नेपाली टिम

रोहित पौडेल (कप्तान), आशिफ शेख, कुशल भूर्तेल, कुशल मल्ल, दिपेन्द्रसिंह एरी, अभिनाश बोहरा, आरिफ शेख, सन्दीप जोरा, सोमपाल कामी, प्रतिश जिसी, करण केसी, ललित राजवंशी, अनिल साह, विवेककुमार यादव, गुल्सन झा

प्रतिक्रिया

FaceBook Comment Plugins