पपुलर इङलिस बोडीङ्ग स्कुलमा निशुल्क दात चेकजाँच तथा परामर्श शिविर सम्पन्न

धनगढी टुडे समाचार डेस्क

कञ्चनपुरको पुनर्वास ११ भिमबस्तीमा अवस्थित पपुलर इङलिस बोडीङ्ग स्कुलले निशुल्क दात चेकजाँच तथा परामर्श शिविर सम्पन्न गरेको छ । विद्यार्थीको दात सम्वन्धि देखिएको समस्या, त्यसले पारेको असर न्युनिकरणमा सहयोग पुग्ने उद्देश्यले निशुल्क शिबिर सञ्चालन गरिएको स्कुलका प्रिन्सिपल दिर्घराज ओझाले जानकारी दिनुभयो ।

शिबिरमा ओम श्रीनगर डेण्टल क्लिनीकका चिकित्सक सागर प्रसाद मैनालीले दातको स्वास्थ्यका विषयमा अझै पनि जनचेतनाको कमी देखिएको बताउनुभयो । दात दुखे मात्रै डेण्टल पुग्ने बानीले धेरै समस्या निम्ताइ रहेको उहाँले बताउनुभयो । त्यसैले समय समयमा दातको स्वास्थ्यमा ख्याल राख्न जरुरी रहेको उहाँको तर्क छ ।

यस्तै शिबिरमा दात चेकजाँचका लागि पुगेका अभिभावकहरुले विद्यालयले आयोजना गरेको शिविरले आफ्ना बच्चाहरुको दातको स्वास्थ्य अवस्थाबारे जान्न पाएको बताएका छन् । दातको मात्रै नभइ आगामी दिनहरुमा विद्यार्थीहरुको स्वास्थ्यसंग सम्वन्धित अन्य शिविरहरु सञ्चालनका लागि समेत उनीहरुले आग्रह गरेका छन् ।

शिबिरमा २ सय ६० विद्यार्थी र ४० जना अभिभाबकले दातको चेकजाँच गराएको प्रधानाध्यापक ओझाले जानकारी दिनुभयो । जसमध्ये १ सय ६० जनामा दातका समस्या देखिएको छ । शिविरमा धनगढीमा रहेको ओम श्रीनगर डेण्टल क्लिनीकले चेकजाँचको ब्यस्था गरेको थियो ।

प्रतिक्रिया

FaceBook Comment Plugins