प्रधानमन्त्री कप क्रीकेट: त्रिभुवन आर्मीमाथि वाग्मतीको सहज जित

धनगढी टुडे समाचार डेस्क

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेशले दोस्रो जित निकालेको छ।

आज मुलपानी क्रीकेट मैदानमा भएको खेलमा वाग्मती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गर्‍यो।

४३ ओभरमा घटाइएको खेलमा आर्मीले दिएको ९८ रनको झिनो लक्ष्य पछ्याएको वाग्मतीले २२.१ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

वाग्मतीका लागि अशोक पौडेलले २१ रन जोड्दा प्रतिश जिसी पनि २१ रनमै नटआउट रहे। वाग्मतीका अन्य ब्याटर भने सस्तैमा आउट भए।

बलिङमा आर्मीका सोमपाल कामीले ३ विकेट लिए। उनले ७ ओभरमा १ मेडन राख्दा २६ रन खर्चिए। साहब अलाम र जितेन्द्र मुखियाले समान २-२ विकेट लिए।

सूर्य तामाङले आक्रमक बलिङ गर्दै ५ विकेट लिएपछि आर्मी ९७ रनमै अलआउट भएको थियो ।

मुलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको आर्मी २७.१ ओभरमा अलआउट भएको हो।

प्रतिक्रिया

FaceBook Comment Plugins