धनगढी- नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पतालको आयोजनामा फूलबारी एकेडेमी धनगढी उपमहानगर पालिका वडा नम्बर १८ डिपो बजारमा असोज १३ गते शनिबारका दिन बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म आँखा शिबिर संचालन गरिने बताइएको छ | गेटा आँखा अस्पतालका स्वास्थ्य कर्मिहरुद्वारा आँखाको मोतिबिन्दु लगायतका आँखाका रोगीहरुको बुद्ध मन्दिर आँखा अस्पतालमा निशुल्क अप्रेशन हुने तथा शिविरमा निशुल्क औषधी उपचार गरिने कुरा बुद्ध मन्दिर आँखा अस्पतालका अ.हे.ब. जय बहादुर बुमीले बताउनु भयो |
“यस शिविरबाट धनगढी उपमहानगर पालिका वडा नम्बर १४, १८ र १९ तथा कैलारी गाउँ पालिकाका आँखाका रोगीहरुले लाभ लिन सक्नेछन् | उपमहानगर पालिका भित्र बसोबास रहेको भएता पनि यहाँका बासिन्दाले आँखाको उपचारका लागि धनगढी बुद्ध मन्दिर आँखा अस्पताल वा गेटा आँखा अस्पताल नै पुग्नुपर्ने भएकाले आर्थिक भार पनि बढ्ने हुँदा यस शिविरबाट झन्डै एक हजार आँखाका रोगीहरुले सेवाको लाभ लिनेछन् भन्ने आशा राखेको छु |” स्थानीय आयोजक रहेको फूलबारी एकेडेमीका प्रिन्सिपल राजेन्द्र प्रसाद चापागाईले बताउनु भयो |
प्रतिक्रिया
FaceBook Comment Plugins