रूकुम पश्चिमको मुसिकोट नगरपालिका-१ सल्लेकी ५१ वर्षीया हस्तकली बुढाथोकीको हत्या लुटपाट गर्ने समूहबाट भएको खुलेको छ।
बाहिर ताल्चा लगाएको आफ्नै घर भित्र साउन १९ गते राति १० बजेतिर बुढाथोकीको हत्या गरेको अवस्थामा शव फेला परेको थियो।
जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले एक्लै बस्दै आएकी बुढाथोकीको हत्या लुटपाट गर्ने समूहले गरेको बताए। हत्या आरोपमा तीन जनालाई पक्राउ गरेको पनि उनले जानकारी दिए।
‘दुई जनालाई अघिल्लो दिन र एक जनालाई सोमबार मात्रै पक्राउ गरिएको हो,’ उनले भने, ‘प्रारम्भिक अनुसन्धानबाट लुटपाट गर्ने उद्देश्यले हत्या भएको खुलेको छ।’
हत्यापछि बुढाथोकीको सुनको सिक्री लगायत गहना लुटिएको प्रहरीले जनाएको छ। एकल महिला हस्तकली बुढाथोकीका दुई छोरा छन्। जसमध्ये एक जना जापानमा र एक जना बाँकेमा बस्दै आएका थिए।
हत्या आरोपमा पक्राउ परेकालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रहरीको तयारी छ।
यो पनि: ताल्चा लगाएको घरभित्र महिला मृत फेला
प्रतिक्रिया
FaceBook Comment Plugins